वीरगञ्जका ८ जनासहित थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

 वीरगञ्जका ८ जनासहित थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज १५ भदौं । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा पिसिआर र जिन एक्स्पर्ट प्रविधिबाट ४ सय १० जनाको कोरोना परिक्षण गर्दा थप २० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालले सोमबार अबेर राती गरेको पिसिआर परिक्षणमा १८ र जिन एक्स्पर्ट परिक्षणमा २ जनागरी थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तिन जना महिलासहित थपिएका सङ्क्रमित मध्ये १७ जना पर्सा, १ जना बारा र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएका २ जनाको ठेगाना नखुलेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनले थपिएका सङ्क्रमितहरु २३ वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेको बताए । जिन एक्स्पर्टबाट परिक्षण गरिएकाहरुको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार चलिरहेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ र १२ का दुई/दुई जना र वडा नम्बर ११, १४, १६ र २५ का एक/एक जनागरी ८ जना सङ्क्रमित थपिएका छन् भने भने बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ का एक जना, कालिकामाई गाउँपालिका वडा नम्बर ५ का पाँच जना थपिएका छन् । थप दुई जना पर्साका भएपनि निश्चित ठाउँ नखुलेको डा. चौरसियाले जानकारी दिए ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का एक २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए ।

थपिएका सङ्क्रमितहरु मध्ये ११ जनाको सिटि भ्यालु २४ भन्दा कम रहेको छ भने ७ जनाको २४ भन्दामाथि रहेको डा. चौरसियाले जनाए ।

The post वीरगञ्जका ८ जनासहित थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया