बारामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

 बारामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बारामा कोरोना संक्रमणबाट मंगलवार थप एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बाराका पुरुषको वीरगन्जको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको नारायणी कोरोना संक्रमणबाट प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भए पछि भदौ १० गते नैं अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । उपचार कै क्रममा मंगलवार बिहान ४:५० बजे उनको मृत्यु भएको चौरसियाको भनाई छ । शरीरमा अक्सिजनको मात्रा एक दमै कम भएकाले फूल अक्सिजनमा राखिएको थियो । अन्तमा रेक्सपाईरोटरी फेलियर भएका कारण बचाउँन नसकिएको अस्पतालले जनाएको छ । यो सँगै बारामा मृत्यू हुँनेको सख्या १६ पुगेको छ ।

बारामा कोरोना संक्रमितको संख्या ९ सय ३० पुगेको छ । यो सँगै १६ वटा स्थानीय तह रहेको बारामा सबै पालिकामा कोरोना संक्रमण पुस्टि भएको हो ।  हाल सम्ममा बारामा जिल्ला भरमा कलैया, जीतपुरसिमरा उपमानगरपालिका , निजगढ नगरपालिकामा कोरोना संक्रमिणको उच्च जोखिम रहेको छ ।

बारा जिल्लामा हाल सम्ममा ६० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भईसकेका छन् भने २३ जना सुरक्षाकर्मी, पाँच जना सञ्चारकर्मी रहेका छन् ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया