बारामा आजदेखि निषेधाज्ञा खुकुलो हुदै

 बारामा आजदेखि निषेधाज्ञा खुकुलो हुदै

बारामाम आज मंगलवारदेखि निषेधाज्ञा खुकुलो पारिने भएको छ ।मंगलवारदेखी खाद्यन्न देखि अतिआवश्यक बस्तुहरु बिहान १० बजेदेखि चार बजेसम्म खुल्ने भएका छन् । सोमवार बसेको बिपत्त ब्यवस्थापन तथा सुरक्षा समितिको बैठकले साउन १६ गतेदेखि जारी निषेधाज्ञा खकुलो पार्ने निर्णय गरेको हो ।समितिको निणर्य अनुसार खाद्यन्न, किराना पसल, ग्यास, ईन्धन, दुद्य डेरी, तेल, घिउँ, मरमसाला लगायतका अन्य पसलहरु बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोल्ने निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

स्थानीय बजारको जनघनत्व तथा भिडभाडको अवस्थालाई हेरी सम्बन्धित स्थानीय तह तथा उद्योग बाणिज्य संघको सहकार्यमा बजार सञ्चालनको मापदण्ड थप तयार पार्न सक्ने अधिकार दिएको छ । सरकारी तथा सार्बजनिक सेवा प्रबाह गर्ने कार्यालयहरुको कार्यालय प्रमुख सहित पचास प्रतिशत स्थानीय, आवासिय कर्मचारीहरु मार्फत कार्यालयको कार्य सम्पादान गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

प्रत्यक्ष जनसम्पर्क हुने कार्यालहरुले स्थानीय तह अनुसारको आलोपालो सेवा प्रबाह हुने गरी भाद्र १७ गते देखि सेवा प्रबाहको ब्यवस्था मिलाईएको छ । अतिआवश्यक सेवाकोलागि दैनिक प्रयोग हुने सवारी साधनहरु खानेपानी, खाद्यन्न ,दुध ,ग्यास ,औषधी ,एम्बुलेन्स ,हुलाक र बैक बाहेक अन्य सवारी साधनहरु संचालनमा पुर्ण रुपमा बन्देज लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनु भयो ।

सार्बजनिक स्थल, पसल, अस्पताल ,बजार ,सार्बजनिक कार्यालयहरु ,उद्योग ,ब्यवसाय ,सार्बजनिक निर्माण स्थलमा कार्य गर्दा वा गराउँदा दुई मिटरको दुरी अनिवार्य कायम गर्नुपर्ने नियम बनाईएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Bara Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया