सर्लाहीमा एकै दिन ९९ जना कोरोना संक्रमित थपिए

 सर्लाहीमा एकै दिन ९९ जना कोरोना संक्रमित थपिए

सर्लाही । सर्लाहीमा आज (सोमबार) एकै दिन ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, सर्लाहीको तथ्यांक अनुसार सर्लाहीमा आज सबैभन्दा बढि ब्रह्म्पुरी गाउँपालिकामा ८० जना, धनकौल गाउँपालिकामा ७ जना, गोडैता नगरपालिकामा ५ जना र रामनगर गाउँपालिकामा ४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीमा समुदाय स्तरमै कोरोना संक्रमण बढे सँगै सर्लाही कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । पछिल्लो समय कोरोना संक्रमण घटनु सट्टा प्रत्येक दिन बढेको छ । हाल जिल्लामा कार्यरत अग्रपन्तिमा रहेर काम गर्ने व्यक्ति तथा स्थानिय नै संक्रमित भएको छ । आज पनि थपिएको ९९ जना कोरोना संक्रमितहरु समुदायस्तरकै भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले निगरानी टुडेलाई जानकारी दिए ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आइतबारसम्म सर्लाहीमा कोरोना संक्रमितको संख्या १५ सय ६४ थियो र आजको ९९ कोरोना संक्रमित थपिएर कोरोना संक्रमित व्यक्तिको संख्या १६ सय ६३ पुगेको छ ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Rajdhani Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया