वीरगञ्जमा कोरोनाबाट ८० वर्षीय वृद्धको मृत्यु

 वीरगञ्जमा कोरोनाबाट ८० वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज १५ भदौं । कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जमा एक ८० वर्षीय वृद्धले ज्यान गुमाएका छन् । कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका वृद्धको सोमबार ३:२० मा मृत्यु भएको हो ।

ज्यान गुमाउँनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुवारीका रामजी प्रसाद पासवान रहेका छन् ।

श्वासप्रश्वासलगायत लिभर, क्षयरोग र हाइपरटेन्सन जस्ता अन्य दिर्घ रोगबाट ग्रसित उनमा कोरोना पुष्टि भएपछि भदौं १३ गते उनलाई नारायणी अस्पतालको मातहातमा सञ्चालित अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

विगत तिन दिनदेखि आइसीयुमा उपचार गराइरहेका उनको आज दिउँसो श्वसन विफलताका कारण मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । मृतकको विरद्धको कुनै ट्राभल हिस्ट्री नभएको उनले बताए ।

योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ३७ पुगेको छ । जसमा एक जना बेवारिसेको पहिचान खुल्न सकेको छैन ।

The post वीरगञ्जमा कोरोनाबाट ८० वर्षीय वृद्धको मृत्यु appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया