वीरगञ्जका मेयर सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन

 वीरगञ्जका मेयर सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन

वीरगञ्ज १५ भदौं । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन भएको छ ।

काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका सरावगीका पिताको गएराती १२ बजेर ५ मिनटमा ७८ वर्षको उमेरमा निधन भएको हो । उनको सोमबार १० वजे पशुपतिनाथको आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको नगरप्रमुख सरावगीका प्रेस संयोजक गोविन्द देवकोटाले जानकारी दिए ।

पिताको मृत्यु बारे नगरप्रमुख सरावगीले पनि सामाजिक सञ्जालको फेसबुकको आफ्नो आधिकारिक आइडीबाट एउटा पोष्ट लेख्दै जानकारी गरेका छन् ।

नगरप्रमुख सरावगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत साउन २२ गते उनका पिता चिरञ्जीवीलाल सरावगी, आमा, श्रीमती, छोरा र छोरीलगायात परिवारका अन्य कयौं सदस्यमा पनि कोरोना देखिएको थियो ।

पितामा काेराेना सङ्क्रमण पुष्टि भएपछि काठमाडौँमै रहेर आफ्नो उपचार गरिरहेका नगरप्रमुख सरावगीले स-परिवारलाई थप उपचारका लागि वीरगञ्जबाट काठमाडौँ बोलाएका थिए । सरावगीका पितालाई साउन २४ गते ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको देवकोटाले जानकारी दिए ।

भदौं २ गते उनि कोरोनामुक्त भएपनि मुटु र मृगौलामा जटिल समस्या देखिएपछि अस्पतालकै अतिसघन कक्षमा राखेर उनको उपचार सुरु गरिएको थियाे ।

वीरगञ्जमा विक्रामी सम्बत २००० मा जन्मेका उनि स्थापित समाजसेवीका रुपमा परिचित थिए । उनि वीरगञ्ज उधाेग वाणिज्य सङ्घकाे पुर्व अध्यक्ष, मारवाडी परिषद्काे केन्द्रीय अध्यक्ष, लायन्स क्लवकाे गभर्नरलगायत अन्य कयौं सामाजिक सङ्घ संस्थामा समेत आबद्ध थिए ।

नगरप्रमुख सरावगी उनका जेठा छोरा हुन् ।

The post वीरगञ्जका मेयर सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया