जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जनामा कोरोना संक्रमण

 जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जनामा कोरोना संक्रमण

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताइन् ।

उनका अनुसार १२ जना प्रहरीको स्वाव संकलन गरी परिक्षणका लागि हेटौडा पठाइएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश नं. २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा आएका अन्य २ जना गरि ६ जनामा संक्रमण देखिएको एसपी सिग्देलले बताइन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भित्रको आइसोलेसनमै राखिने सिग्देलले बताएकी छिन् । उनीहरुमा कुनै पनि लक्षण नदेखिएको र अन्य प्रहरीहरुसँग पनि सम्पर्कमा नरहेकाले उनीहरुलाई प्रहरी कार्यालय भित्रकै आइसोलेसनमा सुरक्षित राखिने बताइन् । उनीहरु करिब २ हप्तादेखि क्वारेन्टाइनमा बसिरहेका थिए ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Rajdhani Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया