मोटरसाइकल चोरी गरेको आरोपमा बाराबाट दुई जाना पक्राउ

 मोटरसाइकल चोरी गरेको आरोपमा बाराबाट दुई जाना पक्राउ

बारा l बारा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ l मध्य राती १२:०० बजेको समयमा बाराको कलैया उपमहानगरपालिका वडा  नं.४ बिगन महतोको घरमा उनका आफन्तको राखिएको मोटरसाइकल चोरी गारेकोले दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ l

जिल्लाको देवताल गाउपालिका वडा नं.३ बस्ने राजू कुमार कुशवाहाको नाउमा दर्ता रहेको बा ७६ प १६९४ नम्बरको पल्सर मोटरसाइकल र एक थान मोबाइल समेत चोरी गरेको भएको खबर जिल्ला प्रहरी कार्यलय बारामा आए लगतै जिल्लाको मातहतमा रहेको इलाका प्रहरी कार्यलय सिमरौनगढ़बाट खटेको प्रहरीको टोलीले जिल्ला बाहिर जाने सबै नका सिल गरी चोरीको मोटरसाइकल र मोबाइलसहित

सिम्रौनगढ नगरपालिका वडा नं.९ स्थित बारा-रौतहट जिल्लाको सिमाना जोडिएको अडुवा खोलाको पुलबाट कलैया उपमहानगरपालिका वडा नं.३ बस्ने वर्ष १९ को सरफराज मियाँ रत्यही ठाउमा बस्ने २२ को जफिर आलमलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ l  उक्त चोरी भएको मोटरसाइकलमा अन्यत्रबाट पनी उहिहरूले चोरी गरेको किराना मालसामान तथा मोबाइल थान-४ समेत लिई भागिरहेको अवस्थामा मोटरसाइकल तथा मालसामान सहित पक्राउ गरी चोरी मुद्दामा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यलय बराले जनाएको छ  ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Bara Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया