पर्सामा थपिए ४७ नयाँ कोरोना सङ्क्रमित

 पर्सामा थपिए ४७ नयाँ कोरोना सङ्क्रमित

वीरगञ्ज १४ भदौ । वीरगञ्जस्थित नारायणी अस्तपालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार राति गरिएको परीक्षणमा ७९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमितमध्ये पर्साका ४७, बाराका ३० र मोरङ र काठमाडौंका एक एक जना छन्। संक्रमितहरू ६ महिनादेखि ९७ वर्ष उमेर समुहका छन्।

डा. चौरियाले कुल ४ सय ४२ जनाको परीक्षण गर्दा ७९ जनामा कोरोना पोजेटिभ देखिएको बताए।

शुक्रबार भने ३ सय ८ जनाको परीक्षण गर्दा ५७ जनाको पोजेटिभ देखिएको थियो। पछिल्लो समय पर्सामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। सँगै मृत्यु दर पनि बढेको छ।

शनिबार बेलुकी मात्र रौतहटका ३० वर्षीय कोरोना संक्रमित युवकको वीरगञ्जमा मृत्यु भएको हो।

The post पर्सामा थपिए ४७ नयाँ कोरोना सङ्क्रमित appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया