पर्सामा थपिए ४२ कोरोना संक्रमित

 पर्सामा थपिए ४२ कोरोना संक्रमित

वीरगञ्ज १२ भदौं । पर्सामा थप ४२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पताल वीरगञ्जकाे प्रयाेगशालामा बिहिबार राति गरिएकाे परिक्षणमा पर्साका थप ४२ जनामा संक्रमण फेला परेकाे हाे ।

३ सय ८ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा १७ महिला र ४० पुरुष गरी ५७ जनामा संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा पर्साका ४२ जना, बाराका १२ जना, राैतहटका २ जना र सर्लाहीका एक जना रहेकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीका २ जना र पर्सागढी नगरपालिकाकाे वडा नं. ८ हरपुरमा एक जना संक्रमित भएका छन् ।

कालिकामाईकाे ५० जनामा २ जनाकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे छ । बुधबार कालिकामाईकाे भेडिहारीमा ५० जनाकाे स्वाब संकलन गरेर परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाइएकाे थियाे । प्रयाेगशालाले बिहिबार राती गरेकाे परिक्षणमा २ जनाकाे मात्र काेराेना पाेजिटिभ देखिएकाे अस्पतालका प्रवक्ता डा. चाैरसियाले जानकारी दिए ।

यस्तै वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ११, १२, १३, २१, २७ लगायतका विभिन्न वडामा संक्रमितहरु फेला परेकाे डा. चाैरसियाले जानकारी गराए ।

The post पर्सामा थपिए ४२ कोरोना संक्रमित appeared first on Yatra Daily.

Original Article

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया