वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार गर्ने सहमति

 वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार गर्ने सहमति

वीरगञ्ज ११ भदौं । वीरगञ्जमा कोरोना संक्रमितहरुलाइ कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी विधिले उपचार सुरु गर्न प्लाज्मा बैंक स्थापना हुने भएको छ । प्लाज्मा बैंकको स्थापनासँगै अब वीरगञ्जमा पनि प्ल्राज्मा थीरेपीबाट कोरोना सङ्क्रमितहरुको उपचार सुरु हुने भएको हो ।

बिहिबार नारायणी अस्पताल र रक्तसञ्चार केन्द्र वीरगञ्ज बीच प्लाजमा थेरेपीबाट कोरोनाभाइरस सङ्क्रमितहरुको उपचार गर्न प्लाजमा संकलन र प्लाजमा बैक स्थापनाका सहमति भएको छ ।

नागरिक सरोकार समाज वीरगञ्जको विशेष पहलमा आज नारायणी हस्पिटलमा अस्पताल र रक्तसञ्चार केन्द्रका पदाधिकारी बीच भएको छलफलपछि प्लाजमा थेरेपीबाट वीरगञ्जका विभिन्न कोभिड अस्पतालहरुमा रहेका सङ्क्रमितहरुको उपचार सुरु गरिने सहमति भएको छ ।

विश्वभरनै कोरना सङ्क्रमितहरुको उपचारमा प्रभावकारी देखिएको प्लाज्मा थेरेपीबाट उपचार सुरु भएपछि भेन्टिलेटरको आवश्यकता घट्ने र काठमाडौँ जाने झन्झटबाट समेत छुटकारा पाउँने विश्वास लिइएको छ ।

प्लाज्मा थेरेपीका लागि आवश्यक समन्वय गरेर २/३ दिनमै उपचार सुरु गरिने पहल भैरहेको नागरिक सरोकार समाजका महेश दासले बताए । उनले प्लाज्मा थेरेपीबाट उपचार गर्नका लागि रक्तसञ्चार केन्द्रको केन्द्रीय कार्यालयबाट अनुमति चाहिएकोले अनुमति नआउँदा नारायणी अस्पतालले अनुरोध गरेपछि सहमति भएको जानकारी गराए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर र वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको विशेष सक्रियातामा सहमति भएको छलफलमा रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेय, नेपाल रेडक्रस पर्सा शाखाका प्रमुख उदय राज शर्मा, नागरिक सरोकार समाजको तर्फबाट सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, महेश दास, प्रकाश थारुको सहभागिता रहेको थियो ।

The post वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार गर्ने सहमति appeared first on Yatra Daily.

Original Article

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया